काठमाडौँ । सरकारले मलेसियाका लागि नेपाली राजदूत नियुक्त गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि संसदीय सुनुवाइ पूरा भइसकेका डा नेत्र प्रसाद तिम्सिनालाई बुधबार राजदूत नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उनलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij