Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

बैंकर्स संघको अध्यक्षमा कोइराला र उपाध्यक्षमा रेग्मी निर्विरोध

बैंकर्स संघको अध्यक्षमा कोइराला र उपाध्यक्षमा रेग्मी निर्विरोध

  • काठमाडौं। नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्विरोध चयन भएका छन्। बुधबार दिँउसो डाकिएको संघको वार्षिक साधारण सभाले कोइरालालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो। उनको कार्यकाल दुई वर्षको हुनेछ। कोइराला यसअघि संघको उपाध्यक्ष थिए। 

    कोइराला अध्यक्ष बनेपछि रिक्त पदमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी पनि उपाध्यक्षमा निर्विरोध छानिएका छन्। तीन महिनाअघि बैंकको प्रमुख कार्याकरी अधिकृत बनेका रेग्मी छोटो समयमा संघको महत्वपूर्ण पदमा पुग्ने सम्भवतः पहिला  सीईओ भएको साधारण सभामा सहभागीहरू माझ चर्चा चलेको छ ।

    संघमा रिक्त तीन सदस्य पनि निर्विरोध चयन भएका छन्। एक कार्यकाल पूरा गरेका एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ दोस्रो कार्यकालका लागि चुनिएका छन्। बाँकी दुई सदस्यमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल चयन भएका छन्। संघ २० वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको यो छाता संगठन हो। 

    नयाँ कार्यसमितिमा कोइराला अध्यक्ष, सुनिल केसी निवर्तमान अध्यक्ष, रेग्मी उपाध्यक्ष तथा सदस्यहरुमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नेपाल एसबीआइ बैंकका दिपककुमार डे, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सञ्जिव मानन्धर, एभरेष्ट बैंकका खालिङ, सिद्धार्थ बैंकका सुन्दरप्रसाद कँडेल, कुमारी बैंकका खनाल र नेपाल बैंकका पाण्डे छन्।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij