Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

दशैँको मुखमा आएको बाढी पहिरोयता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्रोत नखुलेको पौने ६६ लाख गरी सवा ३४ करोड बढी जम्मा

दशैँको मुखमा आएको बाढी पहिरोयता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्रोत नखुलेको पौने ६६ लाख गरी सवा ३४ करोड बढी जम्मा

  • काठमाडौँ । दशैँ शुरू हुन अघि आएको अविरल वर्षा र बाढी पहिरोले ल्याएको विपत्मा गरिएको सहयोग आह्वान अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंसिरको तेस्रो सातासम्म सवा ३४ करोड बढी रकम मात्र जम्मा भएको छ ।असोज ११ गतेदेखि परेको  अवरिल वर्षाले बाढी पहिरोले देशभर विभिन्न सडक पूर्वाधारमा क्षति पु¥याएपछि गरिएको आह्वान अन्तर्गत विभिन्न व्यक्ति र संघसंस्थाहरूबाट असोज १४गते देखि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुन थालेयता मंसिर २४ गते सो खातामा ३४ करोड २५लाख ९० हजार १ सय ७७ रुपैया ३७ पैसा जम्मा भएको हो ।

    प्रधानमन्त्री दैवी प्रकोप उद्धाहर कोषमा मंसिर २४गतेसम्म कुल रकम  १ अर्ब ९१ करोड ४७ लाख १० हजार ८ सय ५० रुपैया ६४ पैसा जम्मा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जम्मा रकमको विवरण सार्वजनिक गरे अनुसार देखिन्छ ।यो कोषमा सो अवधिमा ब्याजबाट २२ लाख २२ हजार ६ सय ४ रुपैया ५२ पैसा  जम्मा भएको समेत उल्लेख गरिएको छ । सोही विवरणमा स्रोत नखुलेका रकम पनि जम्मा भएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६५ लाख ८८ हजार १ सय ३ रुपैया स्रोत नखुलेको रकमको रूपमा जम्मा भएको विवरणमा उल्लेख गरिएको छ ।

    सो कोषमा असार मसान्तको मौज्दात  १ अर्ब  ५६ करोड ९८ लाख ९८ हजार ६८ रुपैयाँ ७५ पैसा रहेको थियो । मंसिर २४सम्मको अपडेट अनुसार सो कोषमा १ अर्ब ९१ करोड ४७ लाख १० हजार ८सय ५० रुपैँया ६४ पैसा जम्मा रहेको देखिन्छ । सो अवधिमा व्यक्ति तथा संघसंस्थाहरूको संख्या १सय ६ जना रहेको छ । असोजको विनासकारी बाढी पहिरो पछि सहयोगका लागि गरिएको आह्वान पछि सो कोषमा जम्मा भएको पहिलो दाताको नाममा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र अन्तिम दाताको नाम आन्तरिक मामिला तथा कानुन मन्त्रालय , कर्णाली प्रदेश उल्लेख गरिएको छ ।

    पूर्णपाठ यहाँ हेर्नुहोस

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij