काठमाडौं । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा) का सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ ।
प्रहरी प्रमुख आईजीपी वसन्तबहादुर कुँवरलाई बोलाएर रवि लामिछानेको तस्वीर सार्वजनिक भएको विषयमा छानबिन गरेर सार्वजनिक गर्ने जोसुकै भए पनि कारबारी गर्न निर्देशन दिनुभएको हो । आईजीपी कुँवरले यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको पनि बताउनुभएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्वीर लामिछानेकै भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी स्रोतले जनाएको छ ।
कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको भनिएको तस्वीर सामाजिक सञ्जालमा ुभाइरलु भएपछि प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।
रास्वपाका कार्यकर्ता र समर्थकले नै सार्वजनिक गरेको तस्वीरमा लामिछानेजस्तै मान्छे सुतिरहेको देख्न सकिन्छ । रास्वपाका समर्थक र कार्यकर्ताले यो फोटो प्रहरीबाटै बाहिरिएको आरोप लगाउँदै ‘कुन उद्देश्यमा यो फोटो बाहिर लगियो रु यसको जवाफ प्रहरीले दिनुपर्छ’ भन्दै आक्रोश व्यक्त गरेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij