Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images

असोजयता सुपथ मूल्य पसलबाट ५० हजार क्विन्टल खाद्यान्न बिक्री

असोजयता सुपथ मूल्य पसलबाट ५० हजार क्विन्टल खाद्यान्न बिक्री

  • काठमाडौँ । असोजयता सुपथ मूल्यका पसलबाट ५० हजार क्विन्टल बढी खाद्यान्न बिक्री भएको छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसलबाट ३ महिनामा ५० क्विन्टल खाद्यान्न बिक्री गरेको हो ।माघ २ गतेसम्म संचालन हुने गरी असोजदेखि ३ गतेदेखि सुरु भएको सुपथ मूल्य पसलहरूबाट हालसम्म ५० हजार क्विन्टल खाद्यान्न बिक्री भएको हो । संचालन अवधि अब एक महिना बाँकी रहेको भएपनि  कम्पनीले यस पसलमार्फत करिब ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य राखेको थियो।

    हालसम्म सुपथ मूल्य पसलबाट लक्ष्य अनुसारको खाद्यान्न बिक्री भइरहेको कम्पनीकी बिक्री प्रबन्धक अम्बिका न्यौपानेले जानकारी सार्वजनिक गरेकी छिन् ।उनका अनुसार चाडपर्व लक्षित छुटसहितको पसलबाट ४५ करोड रुपैयाँ बराबर खाद्यान्न बिक्री भएको छ । यस पसलको लागि सरकारले २ करोड ५० लाख रुपैयाँ छुट दिएको थियो। सुपथ पसलबाट चामल र तेलको बिक्री धेरै भएको उनले बताइन्। 

    उनका अनुसार दाल गेडागुडीको खपत कम छ। चाडपर्वको समय भएकोले चामल र तेलको खपत धेरै भएको हो। खसीबोका र च्याङग्राको व्यापार पनि राम्रो भएको छ ।खाद्य कम्पनीले ४३ जिल्लाका ६१ वटा स्थानमा बिक्री कक्ष संचालन गरेको छ। चाडपर्व लक्षित सुपथ मूल्य पसल कम्पनीले खाद्यान्नमा प्रतिकेजी ५ रुपैयाँ देखि ७ रुपैयाँसम्म छुट दिएको थियो। गत वर्ष कम्पनीले दशैं अघिदेखि छठपर्वसम्म सुपथ मूल्य पसल संचालन  गरेको थियो। त्यससमय लक्ष्य अनुसारको खाद्यान्न बिक्री नभएर थप समय थप्ने गरिएको थियो।
    यो पटक एक महिना अगावै लक्ष्य अनुसारको खाद्यान्न बिक्री भएको देखिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij