Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन

पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन

  •  
    काठमाडौँ ।  राष्ट्रिय समाचार समिति(रासस)का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८० वर्षको उमेरमा भारतको भोपालमा निधन भएको छ ।
     
    श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित उहाँको उपचारका क्रममा आज बिहान निधन भएको हो । उहाँ रासस अङ्ग्रेजी समाचार सम्पादन शाखाको पूर्वप्रमुख पनि हुनुहुन्थ्यो । उहाँका भाई प्रभातशम्शेर राणाका अनुसार स्वर्गीय राणाको आजै अन्त्येष्टि गरिनेछ । राससबाट सेवानिवृत्त भएपछि उहाँ भोपाल बस्दै आउनुभएको थियो । उहाँका दुई छोरा छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij