Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

कस्तो छ त आजको मौसम ?

कस्तो छ त आजको मौसम ?

  • काठमाडौँ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    महाशाखाका अनुसार,कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी मौसम सफा रहेको छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा कुहिरोको लागेको छ । 

    दिउँसो हिमाली, तराई र पहाडी क्षेत्र मुख्यतया सफा रहने सम्भावना छ ।

    बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु साथै कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij