Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

संघीय संसद्का ४ वटा समितिको बैठक बस्दै

संघीय संसद्का ४ वटा समितिको बैठक बस्दै

  • काठमाडौं। संघीय संसदका ४ वटा समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार सबै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ। जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ, जुन बैठकमा उपसमितिहरुको कार्य प्रगति समिक्षा सम्बन्धमा छलफल हुनेछ, जसका लागि बिहान ११ः०० बजे बैठक बोलाइएको छ।

    उता, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपरान्ह १२ः३० बजे बोलाइएको छ। जुन बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ।

    साथै, विधायन व्यवस्थापन समितिको बैठकमा भने नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ। जुन बैठक बिहान ११ः३० बजे बोलाइएको संसद सचिवालयले जनाएको छ।

    संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिका सदस्यहरूले बिभिन्न स्थानमा गरेका स्थलगत अनुगमन प्रतिवेदन माथि र समितिको आगामी कार्यक्रम सम्बन्धमामा छलफल गर्नका लागि बिहान ११ः३० बजे बैठक बोलाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij