काठमाडौँ । सरकारले नेपाल प्रहरीका डीआइजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।शुक्रबार बसको मन्त्रिपरिषद्को बैठकबाट नेपाल प्रहरीका दुई डीआइजीलाई एआइजी बढुवा गर्ने निर्णय गरेको हो।
शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले डीआइजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको खानेपानी मन्त्री प्रदीप यादवले जानकारी सार्वजनिक गरेका छन् ।बढुवा सिफारिस समितिले सिंह र बोहरालाई बढुवा गर्न मंसिर २८ गते सिफारिस गरेको थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij