Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

दुलेगौडा–लिलाचोकखण्ड स्तरोन्नतिका लागि केही दिन बन्द रहने

दुलेगौडा–लिलाचोकखण्ड स्तरोन्नतिका लागि केही दिन बन्द रहने

  •  

    दमौली । जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा लिलाचोक सडकखण्ड स्तरोन्नतिका लागि बन्द गरिने भएको छ । नगरको वडा नं ४, ८, ९ र १२ जोड्ने उक्त खण्डअन्तर्गत दुलेगौडा खैरेनीटार हेल्थपोष्ट चोकदेखि पुलचोक नयाँपुलसम्म निर्माण भइरहेकाले शनिबारदेखि अर्को सूचना नभएसम्मका लागि उक्त सडक बन्द हुने नगरपालिकाले जनाएको छ ।

     

    प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले सडक निर्माणका क्रममा हुनसक्ने जोखिम र गुणस्तरीयतालाई मध्यनजर गरी यस्तो निर्णय गरिएको जानकारी दिनुभयो । 

    त्यस अवधिसम्म ढोरवाराही मोटरमार्ग ९गाछेपानी पुरानो पुल तिब्बतियन क्याम्प० को सडक प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । 

     

    विश्व बैङ्कको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना ९एनयुजिआइपी० अन्तर्गत उक्त मोटरमार्गको सात दशमलव एक किलोमिटर सडकमा कालोपत्रका लागि गत चैत २५ गते बानियाँ निर्माण सेवा हेटाँैडासँग सम्झौता भएको थियो । नगरपालिकाका इन्जिनियर तारापति भट्टराईले रु २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ मा यहाँ स्तरोन्नतिको काम भइरहेको बताउनुभयो ।  

     

    वडा नं ४ दुलेगौडाबाट सुरु हुने कालोपत्र सडकले वडा नं ८, ९ र १२ वडालाई जोड्ने छ । उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ । उकालो र गाह्रो केही ठाउँमा आरसिसी ढलान हुनेछ । अन्य ठाउँमा नालासहितको कालोपत्र हुने इन्जिनियर भट्टराईलेृ जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij