Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  पुस ५ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू...

नयाँसडक बुलेटिन : यस्ता छन्  पुस ५ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज पुस ५ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    यस वर्ष गुडवील फाइनान्सले  लाभांश वितरण नगर्ने

    काठमाडौं । गुडविल फाइनान्स लिमिटेड लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

     

    पुस ४ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरिने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।

    शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले २५ करोडको आइपीओ जारी गर्ने

    काठमाडौं ।  शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेड कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र शिव शंकर हाइड्रो इन्भेष्टमेन्टका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका हुन् । 

    शिव शंकर हाइड्रो  इन्भेष्टमेन्ट कम्पनीले सर्वसाधारणका लागि १ सय रुपैयाँ अंकित दरका २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ ।

    लुम्बिनी विकास बैंकले ७ प्रतिशत लाभांश दिने घोषणा

    काठमाडौं । लुम्बिनी विकास बैंकले ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस बैंकको पुस ५ गते शुक्रबार विहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

    नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ ।

    गरिमा विकास बैंकको ५ प्रतिशत नगद लाभांश घोषणा

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत वर्षको नाफाबाट लाभांश घोषण गरेको छ । यस कम्पनीको पुस ५ गते बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत नगद लाभांश (कर सहित )दिने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र गरिमाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

    ङादी ग्रुप पावरले पुस २३ गतेदेखि १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर जारी गर्ने

    काठमाडौं।ङादी ग्रुप पावरले पुस २३ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

     

    उक्त हकप्रद सेयरको लागि यसले मंसिर १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, मंसिर १७ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । ङादी ग्रुपले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले माघ १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    महुली लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गर्यो

    काठमाडौं।महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । जसअनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्कासन भएको छ । 

    यो एफपीओमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने पुस १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

    शैलेश्वरी पावर नेपालले आईपीओ निष्कासन गर्ने

    काठमाडौं । शैलेश्वरी पावर नेपाल लिमिटेडले आईपीओ प्रस्तावसहित यही पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल ए वान प्यालेस, शंखमुल, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । सभाले कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

    पानी चुहावट नियन्त्रण गर्न मन्त्री यादवद्वारा निर्देशन

    काठमाडौँ ।खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गर्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ ।

     

    काठमाडौँका विभिन्न स्थानमा पछिल्लो समय पानी चुहावट भएर खेर गइरहेको जानकारी प्राप्त भएपछि मन्त्री यादवले आज पानी चुहावट भइरहेका ठाउँमा तत्काल पाइप मर्मत गरी नियमित सेवा सञ्चालन गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

    दुलेगौडा–लिलाचोकखण्ड स्तरोन्नतिका लागि केही दिन बन्द रहने

    दमौली । जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा लिलाचोक सडकखण्ड स्तरोन्नतिका लागि बन्द गरिने भएको छ । नगरको वडा नं ४, ८, ९ र १२ जोड्ने उक्त खण्डअन्तर्गत दुलेगौडा खैरेनीटार हेल्थपोष्ट चोकदेखि पुलचोक नयाँपुलसम्म निर्माण भइरहेकाले शनिबारदेखि अर्को सूचना नभएसम्मका लागि उक्त सडक बन्द हुने नगरपालिकाले जनाएको छ ।

     

    प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले सडक निर्माणका क्रममा हुनसक्ने जोखिम र गुणस्तरीयतालाई मध्यनजर गरी यस्तो निर्णय गरिएको जानकारी दिनुभयो ।

    एडीबीद्वारा एक खर्ब पाँच अर्ब एकसट्ठी करोड सहयोग

    काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न रु एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग गर्ने भएको छ । सहायता रकममध्ये रु छ अर्ब ५२ करोड अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना तथा समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न उक्त ऋण एवं अनुदान उपयोग गरिनेछ ।

    मन्त्रिपरिषद्द्वारा नेपाल प्रहरीका डीआईजीद्वय दुर्गा सिंह र भरतबहादुर बोहरालाई बढुवा गर्ने निर्णय

    काठमाडौँ । सरकारले नेपाल प्रहरीका डीआइजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।शुक्रबार बसको मन्त्रिपरिषद्को बैठकबाट  नेपाल प्रहरीका दुई डीआइजीलाई एआइजी बढुवा गर्ने निर्णय गरेको हो।

     

    शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले डीआइजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको खानेपानी मन्त्री प्रदीप यादवले जानकारी सार्वजनिक गरेका छन् ।बढुवा सिफारिस समितिले सिंह र बोहरालाई बढुवा गर्न मंसिर २८ गते सिफारिस गरेको थियो।

    घरजग्गा क्षेत्र चलायमान बनाउन निजीक्षेत्रसँग मिलेर न्यून लागतको घरजग्गा परियोजना बढाउन सुझाव

    काठमाडौँ । शहरी विकास मन्त्रालयले गठन गरेको कार्यदलले निजी क्षेत्रसँग मिलेर सरकारलाई  न्यून लागतको घरजग्गा परियोजना निर्माण गर्न सुझाव दिएको छ ।देशका प्रमुख शहरमा ४० प्रतिशतभन्दा बढी मानिस भाडाको घरमा बसिरहेको आकलनको हिसाब गरी सरकारले यो परियोजना सञ्चालन गरे अहिले व्याप्त घरजग्गा क्षेत्रको शिथिलता हटने विश्वासका साथ यो अध्ययन सुझाव दिइएको हो ।

     

    जग्गा तथा आवास विकाससँग सम्बन्धित समस्या समाधानका लागि सुझाव दिन मन्त्रालयका सहसचिव दिलीप भण्डारीको संयोजकत्वमा गठित कार्यदलले ‘लो कस्ट’ घरजग्गा परियोजनामा स्थानीय तहलाई पनि संलग्न गराउन  रायसमेत दिएको छ ।संयोजक भण्डारीका अनुसार यस्ता परियोजना निर्माणमा निजी क्षेत्र र स्थानीय तहलाई जिम्मेवारी र अधिकार प्रत्यायोजन नगर्ने हो भने घरजग्गा क्षेत्रको शिथिलता कम नहुने बरु बढ्ने निष्कर्ष सहितको प्रतिवेदन शुक्रबार शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई बुझाएका छन्।

    चालु आवको मंसिर मसान्तसम्म पौने २१ अर्ब बढीको एफडीआई प्रतिबद्धता

    काठमाडौँ । चालु आर्थिक वर्षमा पौने २१ अर्ब रुपैयाँ बढीको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । चालु आव २०८१÷८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा २० अर्ब ७७ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको हो ।

     

    उद्योग विभागका अनुसार मंसिर मसान्तसम्म अटोमेटिक रुटबाट २ अर्ब १३ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता प्राप्त भएको छ । अप्रुभल रुट बाट १८ अर्ब ६४ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको छ ।गत आव सोही अवधिको तुलनामा १६ करोड बढी प्रतिबद्धता आएको देखिएको छ । गत आव मंसिरसम्म २० अर्ब ६१ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको थियो ।

    हेटौँडा सिमेन्ट उद्योगले आगाामी सातादेखि उत्पादन थाल्ने

    बागमती ।हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिनुभयो । 

     

    उपकरणको कार्य पुसको १० गतेसम्ममा सकिने र त्यस लगत्तैबाट उत्पादन गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । “उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणको मर्मतकार्य अझै भइरहेकै छ”, अध्यक्ष भण्डारीले भन्नुभयो, “हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लगत्तै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौँ, तर उपकरण मर्मतको काम नसकिएकाले उद्योग सञ्चालन गर्न समय लागेको हो ।”

    भारत-नेपाल आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरु

    नयाँ दिल्ली (भारत) । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भारतका उद्यमी समक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आह्वान गर्नुभएको छ । काठमाडौँ विश्वविद्यालय र भारतको ‘फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर’ (ईग्रो फाउन्डेसन)ले आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सुरु ‘भारत–नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स)मा उहाँले नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रवद्र्धनसम्बन्धी नीति नीति उदार बनाएको उल्लेख गर्दै भारतीय उद्यमीलाई लगानीका लागि आह्वान गर्नुभएको हो । मन्त्री राणाले नेपालमा लगानीको वातावरण बनेको र उच्च प्रतिफलको अवस्था पनि बनेको उल्लेख गर्नुभयो ।

    बजेटमा पूर्वाधार योजना अनुसार रकम विनियोजन नहुने गरेको पूर्वाधार मन्त्री दाहालको भनाइ

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले पूर्वाधार क्षेत्रमा आयोजनाको आधारमा बजेट विनियोजन गर्न नसकेको धारणा सार्वजनिक गरेका छन् ।सरकारले ६५३ पुलहरूका लागि  ६९ लाख बजेट छुट्टयाएको बताउँदै मन्त्री दाहालले यस्तो बताएका हुन् ।मन्त्री दाहालले पूर्वाधार पत्रकारहरूको कार्यक्रममा यस्तो बताए ।

     

     कर बनाउने आयोजना लगानी गर्न मन्त्रालय प्रयासरत रहेको जिकिर गर्दै मन्त्री दाहालले सरकारले विकास निर्माणमैत्री ऐनहरु बनाउने बताए ।

    लिडिङ दि इनर्जी प्रस्पोरेटी नाराका साथ इप्पान स्थापनाको रजत जयन्ती समारोहको तयारीमा

    काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूले ऊर्जा समृद्धि बढाउँदै जाऔँ (लिडिङ दि इनर्जी प्रस्पोरेटी)नारा अगाडि बढाउन लागेका छन् ।ऊर्जा उत्पादकहरूको छाता संगगठन इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान रजत जयन्ती, २०८१’ विभिन्न कार्यक्रमहरूका साथ मनाउन लागेको जनाएको हो ।

     

    इप्पानले आफ्नो स्थापनाको २५ औ वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउन लागेको र यसका तयारी शुरु भइसकेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।लगानीको हिसाबले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र ५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरु इप्पानका सदस्य रहेका छन् ।

    सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो ,प्रतितोला १ लाख ४८ हजार ५०० रुपैयाँ कायम

    काठमाडौं।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

     

    आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १७ सय ६० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ५९८.१४ डलरमा र चाँदी प्रतिऔंस २८.९९ डलरमा कारोबार भइरहेको छ । मुख्यतयः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ । विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ ।\

    आज काठमाडौंका यी स्थानमा काटिदैछ बिजुली

    काठमाडौँ।  नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौँका विभिन्न स्थानमा आज बिहान १०:३० देखि मध्याह्न १२:०० बजेसम्म बिजुली कटौती गर्ने भएको छ ।

     
    तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा तोकिएको अवधिभन्दा पहिल्यै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।
     
    कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij