Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images

सुन आयात तथा बिक्री सम्बन्धी कार्यविधि परिमार्जन हुँदै

सुन आयात तथा बिक्री सम्बन्धी कार्यविधि परिमार्जन हुँदै

  • काठमाडौंँ । सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि परिमार्जन गर्ने लागिएको छ । नेपाल राष्ट्र बैंकले कार्यविधि परिमार्जनका लागि सुझाव दिन एक कार्यदल गठन गरेको छ ।राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले सुन बिक्री वितरणको समस्या समाधानका लागि कार्यविधि परिमार्जनको प्रक्रिया अगाडि बढाएको जानकारी सार्वजनिक गरेका छन् ।
    कार्यकारी निर्देशक नेपालका अनुसारसुन बिक्री सम्बन्धी कार्यविधि परिमार्जनका लागि गठन गरिएको कार्यदलको सुझावका आधारमा कार्यविधिमा सुधार गरिनेछ ।

    अहिले कार्यान्वयनमा रहेको कार्यविधि २०६८ मा बनाइएको थियो । कार्यकारी निर्देशक नेपालले कार्यविधि परिमार्जन नभएसम्मका लागि सुनचाँदी व्यवसायी संघ र महासंघमा आवद्ध नभएका व्यवसायीले पनि बैंकसँग सुन किन्न पाउने निर्णय गरेको जनाएका छन् ।कार्यविधिमा भने बैंकसँग सुन खरिदका लागि संघ वा महासंघको सिफारिस चाहिने व्यवस्था छ । संघ र महासंघबीचको विवादले सुन आयात नै प्रभावित भएपछि राष्ट्र बैंकले संघ÷महासंघमा आवद्ध नरहेका व्यवसायीलाई पनि सुन बिक्री गर्न नेपाल बैंकर्स संघलाई पत्राचार गरेको छ । 

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij