Logo

Aug 09 2025 | २०८२, साउन २४गते

Aug 09 2025 | २०८२, साउन २४गते

images

सिद्धबाबा सुरुङमार्ग आयोजनाका तीनवटै बाइपास सुरुङ छिचोलिए

सिद्धबाबा सुरुङमार्ग आयोजनाका तीनवटै बाइपास सुरुङ छिचोलिए

  • काठमाडौँ ।  सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ पूरा भएको छ।आयोजनाले अनुसार ‘बाइपास २’ को आइतबार ब्रेक थ्रु पूरा  भएसँगै यस आयोजना अन्तर्गत पूरा गर्नुपर्ने तीन वटै बाइपास सुरुङ छिचोलिएका छन्। बाइपास दोस्रो १ सय ६१ मिटर लम्बाइको छ। यसअघि बाइपास तेस्रोको २६ भदौ र बाइपास प्रथमको ४ असोजमा ब्रेक थ्रु पूरा भएको थियो।

    यी दुई बाइपास क्रमशः १ सय ३० मिटर र १ सय ५१ मिटर लम्बाइका छन् । सिद्धबाबा सुरुङको मुख्य सुरुङ भने १ हजार १ सय २६ मिटर लम्बाइको छ। आयोजनाको पछिल्लो विवरण अनुसार ८ सय मिटरभन्दा बढी खन्ने काम पूरा भइसकेको छ । सुरुङमा लाइनिङको काम  अझै सुरु भइसकेको छैन ।

    सुरुङ खन्न एक वर्ष अगाडिदेखि सुरु भएको थियो । यो आयोजना निर्माण जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले लिएको छ । यहाँ टनेलसहित दोहोरो लेन, स्लोप प्रोटेक्सन सहित २.५९ किलोमिटर क्षेत्रमा विभिन्न भौतिक संरचना बनिरहेका छन् ।बुटवललाई पोखरा र पश्चिम नेपालका विभिन्न गन्तव्यसँग जोड्ने सिद्धार्थ राजमार्गमा सुरुङ निर्माणको काम पूरा  भएपछि पहिरोको जोखिम हट्ने र आवागमन सहज हुने विश्वास  गरिएको छ । यो आयोजना ७ अर्ब ३४ करोड रुपैयाँ लागतमा बन्दैछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij