Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

सीमा क्षेत्रमा स्थानीय प्रशासनको अनुगमन

सीमा क्षेत्रमा स्थानीय प्रशासनको अनुगमन

  • जलेश्वर । भारतसँग सीमा जोडिएका महोत्तरीका सीमा नाकामा स्थानीय प्रशासनले अनुगमन बढाएको छ । 

    सीमा क्षेत्रमा आपराधिक गतिविधि हुन नदिन जिल्ला प्रशासन कार्यालयको अगुवाइमा अनुगमन थालिएको हो । मङ्गलबार प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी नेतृत्वको टोलीले अनुमतिपत्र नलिइ सञ्चालन भएका मदिरालगायत सामग्री बेच्ने पसल बन्द गराइएको बताउनुभयो । 

    भारतको विहार राज्यमा मदिरा प्रतिबन्ध भएका कारण नेपाल–भारत सीमा क्षेत्रमा मदिराको अवैध कारोबार बढेको स्थानीयको गुनासो बढेपछि स्थानीय प्रशासनले अनुगमन थालेको हो । 

      सीमा क्षेत्रका मटिहानी,पर्सा पतैली,मलिवाडा भिठामोड, थरुवाही, नैन्ही, मरुवाही, बथनाहा, सम्सी, रघुनाथपुर, कटीकटैयामा स्थानीय प्रशासनले अब निरन्तर अनुगमन गर्ने जनाइएको छ । 

    अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, बल, राष्ट्रिय अनुसन्धान विभाग, करदाता सेवा कार्यालयका अधिकारीहरू  हुनुहुन्थ्यो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij