Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

बण्ड मार्केटको तयारीमा काम बढाउँदै सरकार

बण्ड मार्केटको तयारीमा काम बढाउँदै सरकार

  • काठमाडौँ । नेपालमा ऋणपत्र (बण्ड) बजार ल्याउन सरोकारवालाहरू सक्रिय रहेका छन् । नेपालको वित्तीय बजारमा यो एक ठुलो छलाङ हुने सम्बद्धहरूको दाबी रहेको छ ।पुँजीबजारलाई फराकिलो र गहिरो बनाउनुका साथै लगानीकर्तालाई लगानीका नयाँ–नयाँ विकल्पहरू दिने गरी सरकारले बण्ड मार्केट ल्याउने विषयमा काम गरिरहेको छ । सम्बद्धहरूका अनुसार आगामी वर्षहरूमा दर्जनौं ठूला पूर्वाधार परियोजनाहरूले बण्ड मार्फत पुँजी उठाउन पाउन सक्नेछन् । यसबाट  परियोजना वित्तीयकरणको पूरै परिदृश्य नै फेरिने अपेक्षा गरिएको छ ।

    पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई शेयरसँगै ऋणमा पनि लगानी गर्ने विकल्प दिने गरी नयाँ नियमावलीको मस्यौदा तयार पारेको छ। विश्व बैंक लगायतको सहयोगमा बोर्डले तयार पारेको मस्यौदामा सरोकारवालाहरूसँग छलफल सुरु गरिसकेको छ ।बोर्डका एक उच्च अधिकारीले जनाए अनुसार यसको  अन्तिमरूप अर्थमन्त्रालयमा छिट्टै बुझाइनेछ । अर्थमन्त्रालयबाट पारित भएर आएपछि नेपालमा औपचारिक रुपमा बण्ड मार्केट सुरुवात हुने छ। 

    अहिले पनि नेपालमा सरकार र बैंक तथा वित्तीय संस्थाहरूले ऋणपत्र जारी गरिरहेकै छन्। सरकारले खर्च गर्नका लागि र बैंकहरुले पुँजी कोष पु¥याउन मात्र ऋणपत्र जारी गरिरहेका छन्।कम्पनीहरूले जारी गर्ने ऋणपत्र फरक खालको हुने छ । कम्पनीहरूलाई ठूला परियोजनाहरूमा लगानी जुटाउन बैंक कर्जामा मात्रैको  निर्भरता हटाउने गरी बण्ड जारी गरेर पनि पैसा उठाउने विकल्प दिइन लागिएको हो ।

    अहिले कुनै कम्पनीले परियोजना अगाडि बढाउनु पर्दा ७० देखि ७५ प्रतिशत बैंक कर्जा लिन्छन्। बाँकी स्वपुँजी हाल्नु पर्छ। यसरी लिइएको ऋण बैंकहरूको आधार दरभन्दा माथि हुने र महँगो हुनेछ । त्यही पैसा उनीहरूले सोझै सर्वसाधारणबाट ऋणका रुपमा उठाएर प्रयोग गर्न पाउने छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij