Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रिया बढाइयो

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रिया बढाइयो

  • काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएको छ । प्राधिकरणको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि सरकारले सिफारिस समिति गठन गरेको हो ।

    मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकबाट प्राधिकरण अध्यक्षको नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा गठित सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरिएको छ । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २४ गते  प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल नागरिकता किर्ते मुद्दा दायर गरेपछि  सिलवाल निलम्बनमा परेपछि सरकारले अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाएको हो। 
    सिलवाल निलम्बनमा परेपछि अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका सहसचिव मदन दहाललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएका छन्। सिलवालको  कार्यकाल माघ १९ गते सकिंदैछ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij