Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

विद्यार्थीको अनुहारमा स्वदेशमै केही गरौँ भन्ने भाव झल्केको पाइयो : प्रधानमन्त्री

विद्यार्थीको अनुहारमा स्वदेशमै केही गरौँ भन्ने भाव झल्केको पाइयो : प्रधानमन्त्री

  •  

    काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५०आँै दीक्षान्त समारोहमा सहभागी भएका विद्यार्थीहरूको अनुहारमा स्वदेशमै केही गरौँ भन्ने भाव झल्केको पाएको बताउनुभएको छ । 

     

    सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले शनिबार सम्पन्न भएको त्रिविको दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरूको अनुहारमा स्वदेशमै केही गरौँ भन्ने भाव झल्केको बताउनुभयो  । “दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूको अनुहारमा स्वदेशमै केही गरौँ भन्ने भाव झल्केको थियो,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

     

    त्रिविको दीक्षान्त समारोहमा यसपटक १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित हुन सहभागी भएका थिए । समारोहमा विभिन्न पुरस्कार प्रदान गरिएको थियो । त्रिविको कुलपतिको हैसियतमा प्रधानमन्त्री ओली उक्त समारोहमा सहभागी हुनुभएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij