Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

पूर्वाधार विकास समितिमा क्लालेन्डर बनाउन उपसमिति गठन

पूर्वाधार विकास समितिमा क्लालेन्डर बनाउन उपसमिति गठन

  • काठमाडौँ । संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन भएको छ ।प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

    समितिमा माओवादी उपमहासचिव शक्ति बस्नेतले क्यालेन्डर नहुँदा कोरम नपुगेर बैठक बस्न नसकेको र सांसदको दैनिकी पनि प्रभावित भएको भन्दै समितिको प्रभावकारिताका लागि क्यालेन्डर बनाउन प्रस्ताव गरेका थिए।

    समितिका अन्य सदस्यले पनि सहमति जनाए पछि दलीय आधारमा बनाइएको  उपसमितिमा कांग्रेसबाट दिनेश यादव, एमालेबाट ठाकुर गैरे, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट निशा डाँगी र राप्रपाबाट बिना लामा सदस्य छन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij