Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

नागढुंगा नौबिसे मुग्लिन सडक निर्माण कार्यको गतिविधि परिणाममा देखाउन मन्त्री दाहालको निर्देशन

नागढुंगा नौबिसे मुग्लिन सडक निर्माण कार्यको गतिविधि परिणाममा देखाउन मन्त्री दाहालको निर्देशन

  • काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुंगा नौबिसे मुग्लिन सडक निर्माण कार्यको गतिविधि परिणाम देखाउन निर्देशन दिएका छन् ।मन्त्री देवेन्द्र दाहालले निर्माणाधीन सडकको बुधबार स्थलगत निरीक्षण गरी निर्माण कम्पनी तथा मन्त्रालयका नियमनकारी कार्यालयहरुलाई यस्तो निर्देशन दिएका हुन् । निर्माणका क्रममा समस्या देखिएमा मन्त्रालयले समन्वय र नेतृत्व गरी समाधान गर्ने विश्वास दिलाउँदै मन्त्री दाहालले  अझै पनि निर्माण कार्यलाई सुस्त पारिए सह्य नहुने समेत चेतावनी समेत दिए। 

    नागढुङ्गा–नौबिसे –मुग्लिन, नौबिसे –मलेखु तथा मलेखु–मुग्लिन खण्डको निरीक्षण गर्दै उनले संघीय राजधानीलाई देशका विभिन्न भागसँग जोड्ने लाइफलाइनको रूपमा रहेको सडक निर्माणमा भएको ढिलासुस्तीले नागरिक मारमा परेकोले निर्माण कार्यको गतिविधिलाई परिणाम देखिने गरी गर्न निर्देशन दिए।

    यसैगरी निरीक्षणका क्रममा रहेका मन्त्रालयका सचिव केशवकुमार शर्माले मासिक लक्ष्य निर्धारण गरी नियमित रूपमा मन्त्रालयमा लक्ष्य र परिणाम पेश गर्न निर्माण कम्पनी एवम् आयोजना प्रमुखहरूलाई निर्देशन दिए । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij