Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images
  • समाचार
    • अर्थ-राजनीति
      विश्व
      मनाेरञ्जन
      साहित्य
      खेलकुद
      शिक्षा/स्वास्थ्य
      जनशक्ति
      जीवनशैली
      विकास
      पत्रपत्रिकाबाट
  • बैंक/वित्त
    • बिमा
      सहकारी
      विविध
  • सेयर
  • उद्योग / वाणिज्य
    • पर्यटन
      कृषि
      सेवा
      सूचना प्रविधि
  • भन्सार/राजश्व
    बजार
    एनआरएनए
    नयाँसडक विशेष
  • विचार
    • अन्तर्वार्ता
      सम्पादकीय
  • प्रदेश
    • कोशी प्रदेश
      मधेश प्रदेश
      बागमती प्रदेश
      गण्डकी प्रदेश
      लुम्बिनी प्रदेश
      कर्णाली प्रदेश
      सुदुरपश्चिम प्रदेश
  • नयाँसडक TV
    EN
    • Nov 10 2025 | २०८२, कात्तिक २४गते

    बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौँलाई

    बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौँलाई

    • नयाँ सडक
    • शनिबार, पुस २० २०८१
  • 10.0k
    Shares
  • 10.0k
    Shares
  • बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौँलाई
    मनहरी (मकवानपुर) । बागमती प्रदेश लिग फुटबलको उपाधि काठमाडौँले हात पारेको छ । आज भएको फाइनल खेलमा दोलखालाई पराजित गर्दै काठमाडौँ प्रतियोगिताको च्याम्पियन बनेको हो । बागमती प्रदेश फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको फाइनल खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लबले दोलखाको टाइगर समूहलाई ३–० गोल अन्तरले पराजित गरेको हो । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा सम्पन्न फाइनल खेलमा काठमाडौँका लागि पहिलो हाफको २५औँ मिनेटमा सुजित बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफको ७४औँ मिनेटमा बुढाथोकीले थप एक गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । अन्तिम समयमा काठमाडौँका तर्फबाट आयुष कुँवरले गोल गर्दै टिमलाई ३–० को स्थितिमा पु¥याएका हुन् ।
     
    खेलको ‘म्यान अफ दी म्याच’ बुढाथोकी घोषित भएका छन् । लिग विजेता काठमाडौँले रु दुई लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छ । साथै उपविजेता दोलखाले रु एक लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै काठमाडौँका बुढाथोकीले रु १५ हजार नगद पुरस्कार प्राप्त गरे भने प्रतियोगिताअन्तर्गत हाई स्कोरको उपाधि पनि बुढाथोकीले जिते । उत्कृष्ट गोल रक्षक काठमाडौँका चन्द्रशेखर श्रेष्ठ, उत्कृष्ट डिफेन्डर काठमाडौँका जनक कोइराला, उत्कृष्ट मिडफिडर काठमाडौँका विज्ञान खड्का, उत्कृष्ट फरवार्ड दोलखाका सुजन माझी र उत्कृष्ट कोच काठमाडौँका रुपेश क्षेत्रीले प्राप्त गरे । सबैले जनही रु पाँच हजारका दरले नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रदेशका १३ जिल्लामध्ये ११ जिल्लाको लिग विजेता फुटबल क्लबको सहभागिता थियो । रामेछाप र रसुवा भने एन्फामा आबद्ध नभएकाले लिगमा सहभागिता जनाएका थिएनन् । ---

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    ताजा अपडेट
    • १

      आजदेखि तुरतुरे–चाम्बास दैनिक छ घण्टा बन्द
    • २

      राजस्व बक्यौता उठाउन ‘एसएमएस’
    • ३

      मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त
    • ४

      सोमबार सुनको मूल्य बढेर तोलाको २ लाख ४१ हजार ५०० रुपैयाँ  कायम
    • ५

      निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन
    सम्पर्क

    अनुसन्धानात्मक प्रकाशन समूह प्रा. लि.
    काठमाण्डौ नेपाल
    फोन नम्बर: ०१-४२३९५५०
    इमेल : [email protected]
    [email protected]
    सुचना विभाग दर्ता नम्बर: ४९९ / ०७४-७५

    हाम्रो टिम

    सम्पादक : ज्ञान प्रसाद पौडेल
    प्रबन्ध निर्देशक: रत्नमणि दाहाल
    अमेरिका: पूर्ण सिंह बराईली

    समाचारदाता: एस.एम. पौडेल
    के.पि. पौडेल
    देव गौतम

    महत्वपूर्ण लिंकहरु
    • Terms & conditions
    • Privacy policy
    • हाम्रो बारेमा
    • सम्पर्क
    • युनिकोड
    सोसल मिडिया

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij

    सर्च खोज्नुहोस्

    Logo
    • गृहपृष्ठ
    • समाचार
      • अर्थ-राजनीति
      • विश्व
      • मनाेरञ्जन
      • साहित्य
      • खेलकुद
      • शिक्षा/स्वास्थ्य
      • जनशक्ति
      • जीवनशैली
      • विकास
      • पत्रपत्रिकाबाट
    • बैंक/वित्त
      • बिमा
      • सहकारी
      • विविध
    • सेयर
    • उद्योग / वाणिज्य
      • पर्यटन
      • कृषि
      • सेवा
      • सूचना प्रविधि
    • भन्सार/राजश्व
    • बजार
    • एनआरएनए
    • नयाँसडक विशेष
    • विचार
      • अन्तर्वार्ता
      • सम्पादकीय
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    English
    नयाँसडक TV