Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

गार्डियन माइक्रोलाइफको १८.४५ लाख कित्ता आईपीओ निष्काशन

गार्डियन माइक्रोलाइफको १८.४५ लाख कित्ता आईपीओ निष्काशन

  • काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । इन्स्योरेन्सले दोस्रो चरणमा सर्वसाधारणका लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको हो।यसबाट १० महिनापछि सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु भएको देखिएको हो ।  गत वर्ष फागुनमा सर्वोत्तम सिमेन्टको आईपीओ निष्काशन पछि अन्य कुनै आईपीओ सर्वसाधारणका लागि खुला गरिएको देखिएको छैन् ।

    लगानीकर्ताले अंकित मूल्य १०० रुपैयाँमा पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० देखि अधिकतम् १ हजार कित्ताका लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन्।कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीका लागि आईपीओ बिक्री गरिसकेको छ।

    इन्स्योरेन्सले कूल सार्वजनिक निष्काशनको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएका श्रमिक र १ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानीकोषलाई बाँडफाँट गरिसकेको छ।यसैगरी निष्काशनको ३ प्रतिशतले हुन आउने ६७ लाख ५० हजार बराबरको ६७ हजार ५०० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ।

    २०७९ सालमा नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स पाएको यो कम्पनीले व्यवसाय विस्तार गरिरहेको छ। कम्पनीले गत वर्ष २७ लाख ५० हजार नाफा कमाएको थियो। चालु वर्षमा ८४ लाख १४ हजार नाफा कमाउने प्रक्षेपण गरिएको छ।कम्पनीको प्रति शेयर आम्दानी ०.२५ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १००.५९ रुपैयाँ छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij