Logo

May 02 2025 | २०८२, वैशाख २०गते

May 02 2025 | २०८२, वैशाख २०गते

images

नेपाल सत्कार दिवस काठमाडौंमा माघ २ गते हुने

नेपाल सत्कार दिवस काठमाडौंमा माघ २ गते हुने

  • काठमाडौँ । होटल संघ नेपालले २०८१ माघ २ गते बुधबार काठमाडौंमा नेपाल सत्कार दिवस २०२५ (नेपाल हस्पिट्यालिटी डे ट्वेन्टीट्वेन्टीफाइभ)को आयोजना गर्न लागेको जनाएको छ ।राष्ट्रपतिको  प्रमुख आतिथ्यतामा पहिलो सत्कार दिवस २०८० माघ २ गते काठमाडौंमा आयोजना भएको थियो । संघले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष माघ २ गते सत्कार दिवस आयोजना गर्ने जनाएको छ । होटल क्षेत्रले वर्षभर भोगेका अवस्थाहरु र विकासका सम्भावना, चुनौतीहरु तथा आगामी दिनमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने  विषयहरु सत्कार दिवसमा प्रस्तुत गरिने जनाइएको छ ।

    han2.jpeg

    यसपटक  सत्कार दिवसमा होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले संघले प्रकाशनमा ल्याएको नेपाल होटल इयरबुक ट्वेन्टीट्वेन्टीफाइभको  विमोचन हुने कार्यक्रम रहेको छ भने सोही अवसरमा मुलुकलाई विश्वमाझ रैथाने खाना प्रवद्र्धन गर्दै विदेशी पर्यटकहरुलाई नेपाल आगमनमा लालायित बनाउन सातै प्रदेशका मुख्य मुख्य रैथाने खानाहरु प्रदर्शनमा राखी सोही खाना कार्यक्रममा सहभागी हुने पाहुनाहरुलाई सत्कार स्वरुप प्रस्तुत गरिने पनि संघले जनाएको छ । उक्त अवसरमा विभिन्न विधाका प्रायोजकहरुद्वारा प्रवद्र्धनमा राखिएका प्रदर्शनी कक्षहरु मुख्य आकर्षण रहने होटल संघ नेपालले जनाएको छ ।

    साथै कार्यक्रममा पर्यटन क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तित्वहरुलाई पुरस्कृत गरिने जनाइएको छ । उक्त कार्यक्रममा प्रायोजन गरी सहयोग गर्नु हुने प्रायोजकहरुलाई समेत सम्मान गरिने कार्यक्रम रहेको पनि होटल संघ नेपालले जनाएको छ ।देशैभरिबाट सहभागी रहने होटल संघ नेपालको वार्षिक साधारणसभा पनि सोही दिन आयोजना हुने संघले उल्लेख गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij