Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

सुनको मूल्य मंगलबार पनि स्थिर ,प्रति तोला मूल्य एक लाख ५२ हजार रुपैयाँ

सुनको मूल्य मंगलबार पनि स्थिर ,प्रति तोला मूल्य एक लाख ५२ हजार रुपैयाँ

  • काठमाडौँ । सुनको मूल्य आइतबारयता दुई दिनदेखि स्थिर रहेको छ । आइतबार सुन तोलामा १ हजार ५०० रुपैयाँ घटे यता मूल्य घटबढ नभएको हो ।

    हाल सुन प्रति तोला मूल्य एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य दुई दिन पछि आज बढेको छ। आज तोलामा २० रुपैयाँ बढेर चाँदी प्रति तोला एक हजार ८३० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    आइतबार र सोमबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतार चढाव भए पनि स्थानीय बजारमा स्थिर देखिएको हो। मंगबलार सुन प्रतिऔंस २६३७.४६ डलर छ। सोमबार सुन प्रतिऔंस २६३५.७३ डलर थियो। चाँदी प्रतिऔंस ३०.०४ डलर छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij