Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

साढे ४ खर्बको मुगु कर्णाली जलविद्युत् आयोजनामा ५१ प्रतिशत शेयर लिँदै सिजी इनर्जी

साढे ४ खर्बको मुगु कर्णाली जलविद्युत् आयोजनामा ५१ प्रतिशत शेयर लिँदै सिजी इनर्जी

  • काठमाडौँ । ४ खर्ब ६० अर्ब लागत रहेको एक हजार ९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न बन्ने कम्पनीमा ५१ प्रतिशत शेयरको स्वामित्व सीजी इनर्जी प्रालिले लिने भएको छ ।  सिजी इनर्जी चौधरी समूह अन्तरगतको कम्पनी हो ।

    विद्युत् उत्पादन कम्पनी लिमिटेडको स्वामित्वमा रहेको उक्त परियोजना सार्वजनिक(निजी साझेदारीअनुसार विकास गर्न ५१ प्रतिशत शेयर स्वामित्व लिन चाहने नेपाली नागरिक वा नेपाली कम्पनीसँग प्रस्ताव माग गरिएको थियो । प्रस्ताव पेश गर्ने अन्तिम दिन मंगलबारसम्म सीजी इनर्जी प्रालिले मात्र आवेदन दियो । अरु कुनै पनि कम्पनीले आवेदन दिएनन् ।आयोजना निर्माणको लागि लगानी साझेदारीसम्बन्धी कार्यविधिमा एउटा मात्रै कम्पनीले प्रस्ताव पेश गरे पनि मान्य हुने व्यवस्था गरिएकोले अब इनर्जी साझेदारको रुपमा रहने निश्चित भएको विद्युत् उत्पादन कम्पनी स्रोतले मेरो लगानीलाई जानकारी दियो ।

    सिजी इनर्जीलाई साझेदारको रुपमा कम्पनीमा भित्रयाउनु अगाडि त्यसको समग्र आर्थिक तथा वित्तीय प्रणालीको बारेमा अध्ययन हुनेछ । ‘कम्पनीले ५१ प्रतिशत शेयर म लिन्छु त भन्यो, त्यो अनुसार कम्पनीहरूको वित्तीय अवस्था र लगानीको सुनिश्चितता, आयोजना निर्माण गर्न उस्को क्षमता छ छैन भन्नको लागि कम्पनीको नेटवर्थ, अडिट रिपोर्ट र वार्षिक कारोबार विस्तृतरुपमा अध्ययन गरेपछि बल्ल अन्तिम निर्णय गरिनेछ,’ कम्पनीका एक अधिकारीले भने । सर्सती हेर्दा सिजी इनर्जी अस्वीकृत हुने सम्भावना भने निकै कम रहेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij