Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

धितोपत्र बोर्डको रकम मुद्दतीमा लिन वाणिज्य बैंकहरू अनिच्छुक

धितोपत्र बोर्डको रकम मुद्दतीमा लिन वाणिज्य बैंकहरू अनिच्छुक

  • काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वाणिज्य बैंकहरुबाट मुद्दतीमा लगानी गर्न फेरि प्रस्ताव माग गरेको छ ।  सेबोनले तीन दिनको समय दिएर बैंकहरुसँग मुद्दती ब्याज बारे बुधबार फेरि प्रस्ताव मागेको हो।

    सेबोनले पुस १८ गते वाणिज्य बैंकहरुलाई आफूले दिनसक्ने ६ महिने ब्याज दरसहित प्रस्ताव पेस गर्न भनेको थियो। त्यतिखेर अक्षष कोषको सबै रकम लिनका लागि प्रस्ताव नपरेको सेबोनले जनाएको छ।

    कर्जाको माग नहुँदा बैंकिङ प्रणालीमा तरलता थुप्रिएर लागत बढिरहेकाले बैंकहरु निक्षेप लिन अनिच्छुक देखिएका हुन्। बैंकिङ प्रणालीबाट नेपाल राष्ट्र बैंकले पनि ४० अर्ब निक्षेप संकलन गर्न सूचना गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij