Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

व्यावसायिक वातावरण सुधार गर्न कालोबजारीसम्बन्धी ऐनबाट मुनाफा र कारबाहीको व्यवस्था हटाइयो

व्यावसायिक वातावरण सुधार गर्न कालोबजारीसम्बन्धी ऐनबाट मुनाफा र कारबाहीको व्यवस्था हटाइयो

  • काठमाडौँ । सरकारले  व्यावसायिक वातावरण सुधार गर्न कालोबजारी सम्बन्धी ऐनबाट मुनाफा र कारबाहीको व्यवस्था हटाएको छ ।सरकारले कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ मा राखिएको मुनाफा र कारबाहीको व्यवस्था  अध्यादेशमार्फत् हटाएको हो  । 

    ऐनअनुसार कुनै पनि व्यवसायीले मालवस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया  २० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाउने यसभन्दा बढी मुनाफा लिए स्वतः कालोबजारी ऐनमा कालोबजारी कसुरमा व्यवसायीलाई ५ वर्ष कैद वा जरिवाना वा दुवै हुन सक्ने प्रावधान थियो । यो प्रावधान अध्यादेशबाट हटाइएको छ ।

    ‘कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ३ को उपदफा (१) झिकिएको छ,’ अध्यादेशमा भनिएको छ, ‘उपदफा (२) मा रहेका उपदफा (१) बमोजिम भन्ने शब्दहरूको सट्टा ‘प्रचलित कानुनबमोजिम’ भन्ने शब्द राखिएका छन् ।’
    राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार अध्यादेश जारी गरेसँगै अब व्यवसायीलाई  कालोबजारीसम्बन्धी यो बन्धनबाट मुक्ति मिलेको छ । उद्योगी व्यवसायीहरूले यसका लागि लामो समयदेखि पहल गर्दै आएका थिए । यसले खुला बजार अर्थनीतिलाई प्रभावित गरेको भन्दै यस्तो पहल गर्दैआएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij