Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

एकसाता भित्र स्वास्थ्य सुधार कार्ययोजना बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

एकसाता भित्र स्वास्थ्य सुधार कार्ययोजना बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा सक्दो छिटो  सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन्।आइतबार कार्यदलको प्रतिवेदनबारे संक्षिप्त जानकारी लिएर  एक साता भित्र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई सुधारको कार्ययोजना बनाउन निर्देशन दिएका हुन्। 

    उनले कुनै पनि नागरिक बिरामीले भइहालेमा खर्च नभएर उपचार नपाउने अवस्था हुन नहुने गरी सुधार योजना बनाउन भनेका हुन् ।प्रधानमन्त्री ओलीलाई मन्त्री पौडेल, कार्यदलका संयोजक डा शम्भु आचार्य तथा सदस्यहरु डा भगवान् कोइराला, डा रघुुराम काफ्ले र सदस्यसचिव डा सरोज शर्माले स्वास्थ्य बीमा कार्यक्रममा नीतिगत, कानुनी र संरचनागत परिवर्तन आवश्यक भएको बताएका थिए।

    स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सरकारले अस्पतालहरुलाई भुक्तानी गर्नुपर्ने रकम ११ अर्ब रुपैयाँ पुगेको छ। कूल जनसंख्याको २७ प्रतिशत नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध रहेकामा ४८ प्रतिशतले सेवा लिएका छन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij