Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

शेयर बजार : नेप्से परिसूचकमा १२.५८ अंकले  बढेर २६०१.२१ बिन्दुमा,६ अर्ब २५ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १२.५८ अंकले  बढेर २६०१.२१ बिन्दुमा,६ अर्ब २५ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा १२.५८ अंकले  बढेर २६०१.२१ बिन्दुमा आएको छ । ६ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

    यस दिन बोटलर्स नेपाल (बालाजु) को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १ हजार ६३९ रुपैयाँ बढेर १८ हजार २९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल रिपब्लिक मिडियाको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। यस दिन सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १६४ रुपैयाँ घटेर १ हजार ४७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

    कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ७६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij