Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

राइट टु प्रोटिनको मर्म उचाल्दै शनिबार हाफ म्याराथनको आयोजना

राइट टु प्रोटिनको मर्म उचाल्दै शनिबार हाफ म्याराथनको आयोजना

  • काठमाडौँ । नेपाल भेटेरिनरी एशोसिएसनले प्रोटिन माथिको अधिकार अर्थात् राइट टु प्रोटिनकोे मर्मलाई आत्मसाथ गर्दै हाफ म्याराथनको आयोजना गर्न लागेको जनाएको छ ।राष्ट्र निर्माणका आधार एवम अमूल्य सम्पतिका रुपमा रहेका नागरिकहरुलाई स्वस्थ राखी राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि एवं राष्ट्रिय एकता कायम, खाद्य सुरक्षाको हक सुनिश्चित र दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न प्रोटिनजन्य पदार्थमा पहुँच बढाउनको लागि जनचेतना फैलाउने उद्देश्यले माघ १२ गते शनिबारका दिन काठमाडौँमा नामक हाफ म्याराथनको चौथो संस्करणको आयोजना गर्न लगाएको एशोसिएसनले जनाएको हो ।

     ६ः३० बजे बिहान शनिबार दशरथ रंगशालाबाट सुरु भई सोही स्थानमा आई दौड कार्यक्रम समापन हुने जनाइएको छ । दौड कार्यक्रममा विभिन्न विधामा ८००० भन्दा बढी व्यतिहरुले सहभागिताका लागि रजिष्ट्रेशन गरेको जनाइएको छ ।सहभागिता  र पुरस्कार राशिका हिसाबमा नेपालकै सब भन्दा ठुलो प्रतियोगिता रहने यो म्याराथन विगत ३ वर्षदेखि आयोजना गरिएको छ ।

    half marathan.jpeg

    गत वर्षको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दिपक अधिकारी प्रथम भएका थिए। यस प्रतियोगितामा हाफ म्याराथन पुरुष तथा महिला, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षा सम्मका विद्यार्थीहरुलाई ५ किमि (पुरुष) र ३ कि मी (महिला), फरक क्षमता भएका व्यतिहरुको लागि ह्विलचेयर  पुरुष तथा महिला र बालबालिकाहरुको लागि रन फर फन विधाका दौडहरु समावेश गरिएका छन्। हाफ म्याराथनमा प्रथम पुरस्कार रु एक लाख पचास हजार रहेको छ भने पाचौ स्थान सम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको छ।

    भाग लिएको विधामा दौड पुरा गर्ने प्रतियोगीहरुलाई टिसर्ट, खाजा तथा मेडलको व्यवस्था समेत रहेको छ। यस प्रतियोगितामा खेलाडीहरुको सुबिधाको लागि रुटका विभिन्न स्थानहरुमा पानी, प्राथमिक उपचार र आकस्मिक सेवाको लागि एम्बुलेन्सहरुको व्यवस्था गरिएको छ। प्रतियोगिताको व्यवस्थापनको लागि ५०० जना स्वयं सेवकहरु परिचालन गरिने छ। राइट टु प्रोटिनका संयोजक डा. शितलकाजी श्रेष्ठ र नेपाल भेटेरिनरी एसोसियसनका उपाध्यक्ष डा. अशेष भट्टराईले संयुक्तरूपमा पत्रकार सम्मेलनमा आयोजनाबारे जानकारी दिँदै माघ १२ गते बिहान दशरथ रंगशालामा उपस्थित हुन आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij