Logo

Sep 10 2025 | २०८२, भदौ २५गते

Sep 10 2025 | २०८२, भदौ २५गते

images

पुनर्बीमा कम्पनीहरूका लागि चुक्ता पुँजी बढाउने म्याद थपियो

पुनर्बीमा कम्पनीहरूका लागि चुक्ता पुँजी बढाउने म्याद थपियो

  • काठमाडौँ । पुनर्बीमा कम्पनीहरूका लागि  चुक्ता पुँजी पु¥याउने म्याद थप गरिएको छ ।  नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्ने म्याद थपिदिएको हो ।गत पौषको अन्तिम साता बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकबाट  पुँजी वृद्धि गर्ने समय थप  गरिएको प्राधिकरणका अध्यक्ष मदन दाहालले जानकारी सार्वजनिक गरेका हुन् ।

    उनका अनुसार पुँजी वृद्धि गर्ने समय सीमा सकिन लागेको र कम्पनीहरूले हालसम्म वृद्धि नगरेकाले एक वर्ष थप गरिएको हो ।२०८० माघ १७ गते बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीहरूले एक वर्षभित्र २० अर्ब चुँक्त पुँजी पु¥याउनु पर्ने निर्णय गरेको थियो । प्राधिकरणले तोकेको एक वर्षको सीमा माघ १७ गते सकिन लागेको छ । हिमालयन रिइस्योरेन्सले पुँजी वृद्धिको योजना पेश गरे पनि नेपाल पुनर्बीमाले पेश गर्न नसकेको हो ।

    नेपाल पुनर्बीमाले योजनाको मस्यौदा बनाएर अर्थ मन्त्रालयमा पठाएको थियो । अर्थ मन्त्रालयले कुनै पनि प्रतिक्रिया नदिएपछि वृद्धिको योजना प्राधिकरणमा पेश हुन नसकेको जनाइएको छ ।हिमालयन रिले भने पुँजी पु¥याउन ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेका थियो । कम्पनीले प्रधिकरणको स्वीकृति बिना नै घोषणा गरेको थियो । उक्त निष्काशनबारे प्राधिकरणले हासम्म पनि स्वीकृति दिएको छैन ।

    हाल नेपाल पुनर्बीमाको चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार ७८ रुपैयाँ रहेको छ भने हिमालयन रिको पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij