Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

९० हजार मेट्रिक टन गहुँ आयात गरिँदै

९० हजार मेट्रिक टन गहुँ आयात गरिँदै

  • काठमाडौं। व्यावसायिक प्रयोजनका लागि भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात गर्न लागिएको छ । भारत सरकारले नेपालको फर्म र कम्पनीका लागि छुट्याएको कोटाको गहुँ आयात गरिने भएको हो। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार सूचना जारी गर्दै आयातका लागि आवेदन खुला गरेको छ । आयात गर्न इच्छुक फर्म वा कम्पनीले न्यूनतम १०० मेट्रिक टनदेखि बढीमा १० हजार मेट्रिक टन गहुँको परिमाण खुलाइ ७ दिनभित्र विभागमा निवेदन दिनुपर्ने सूचनामा जनाइएको छ।

    विभागले केही सर्तसहित फर्म र कम्पनीलाई गहुँ आयात गर्ने अनुमति दिने जनाएको छ। गहुँ आयातका लागि इच्छुक फर्म वा कम्पनीको चुक्ता पुँजी कम्तीमा १ करोड रुपैयाँ हुनुपर्ने छ।आयातका लागि नेशनल कोअपरेटिभ एक्सपोर्ट लिमिटेडलाई सतप्रतिशत अग्रिम भुक्तानी हुनुपर्ने हुँदा वित्तीय स्रोतको सुनिश्चितता भएको हुनुपर्ने सर्त विभागले राखेको छ।

    आयात गर्न माग गरेको आधारमा प्राप्त कोटा वाणिज्य आपूर्ति विभागबाट अघिल्लो वर्षमा आवेदक कम्पनीले राजस्वमा गरेको योगदान र खाद्यान्न आयातमा अनुभव भएकालाई आयात गर्न सक्षमताका आधारमा बाँडफाँट गरिने विभागले जनाएको छ।फर्म र कम्पनीले कम्पनीमा १०० टनदेखि बढीमा १० हजार टन आयात गर्न पाउने गरी कोटा बाँडिने जनाइएको छ। कोटा प्राप्त भएको मितिले ३ महिनाभित्र आयात गरी सक्नुपर्ने सर्त विभागको सूचनामा छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij