
काठमाडौँ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको छ । यता, मंगलबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १८ सय ३५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७४० र चाँदी प्रतिऔंस ३०.५ डलरमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij