Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

निर्माण व्यवसायीद्वारा तत्काल आन्दोलनका कार्यक्रम स्थगित

निर्माण व्यवसायीद्वारा तत्काल आन्दोलनका कार्यक्रम स्थगित

  • काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले तत्कालका लागि विरोधका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधनका लागि तत्परता देखाएको भन्दै महासंघ विरोधका कार्यक्रम स्थगित गरेको हो।

    महासंघले बिहिबार प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीले माग सम्बोधनका लागि कार्यदल गठन गर्न निर्देशन दिएकाले यसलाई सकारात्मक रुपमा लिइ पूर्वघोषित कार्यक्रम स्थगित गरिएको जनाएको छ।

    प्रधानमन्त्री ओलीले महासंघको टोलीसँग बुधबार कुरा गरेका थिए। महासंघले विगतमा गरेका कामको बक्यौता भुक्तानी हुनुपर्ने, म्याद सकिएका आयोजनाको समय थप्नुपर्ने लगायत १४ बुँदे माग अगाडि सारेर विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij