Logo

Aug 06 2025 | २०८२, साउन २१गते

Aug 06 2025 | २०८२, साउन २१गते

images

एनआइसी एसिया बैंकले ५ अर्ब रुपैयाँको अग्राधिकार सेयर जारी गर्ने

एनआइसी एसिया बैंकले ५ अर्ब रुपैयाँको अग्राधिकार सेयर जारी गर्ने

  •  

    काठमाडौं ।  एनआइसी एसिया बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँको एनआइसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको हो । अग्राधिकार सेयर प्रस्ताव पारित गर्न बैंकको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले फागुन २२ गते बिहान ९ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा २७ औं वार्षिक साधारण सभा बोलाएको छ ।

    साधारण सभाले एनआइसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गर्ने क्रममा कुनै फेरबदल, संशोधन वा थपघट गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्नेछ । 

    बैंकको साधारण सभाले बैंकको अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँबाट वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij