Logo

Sep 08 2025 | २०८२, भदौ २३गते

Sep 08 2025 | २०८२, भदौ २३गते

images

बैंकहरूको कर्जा निक्षेप अनुपात घट्दो रेन्जमा

बैंकहरूको कर्जा निक्षेप अनुपात घट्दो रेन्जमा

  • काठमाडौं । वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो ) प्रत्येक महिना घटिरहेको देखिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) विवरण अनुसार औसत ७९.३५ प्रतिशत भएपनि केही बैंकको भने ६० प्रतिशतको हाराहारीमा झरेको छ ।

    संघका अनुसार राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६३ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६८ प्रतिशत, नेपाल बैंकको ७३ प्रतिशत, नेपाल एसबिआई बैंकको ७५.४९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७७.५६ प्रतिशत, प्रभु बैंकको ७५.८४ प्रतिशत, ग्लोबल आइएमई बैंकको ७८.७७ प्रतिशत र कृषि विकास बैंकको ७५.४३ प्रतिशत सीडी रेसियो कायम भएको छ ।

    यसैगरी  सिटिजन्स बैंकको ८४.०१ प्रतिशत, एभरेष्ट बैंकको ८३.५१ प्रतिशत, हिमालयन बैंकको ८२.७० प्रतिशत, कुमारी बैंकको ८१.८० प्रतिशत, लक्ष्मी सनराइजको ८०.८० प्रतिशत, माछापुच्छ्रेको ८३.६० प्रतिशत, नबिलको ८२.४४ प्रतिशत, एनआईसी एसियाको ८३.०७ प्रतिशत, एनएमबि बैंकको ८३.६२ प्रतिशत, प्राइम कमर्सियलको ८५.७७ प्रतिशत, सानिमाको ८०.९२ प्रतिशत र सिद्धाथएको ८५.०२ प्रतिशत सीडी रेसियो रहेको छ ।

    पछिल्लो समय बैंकहरुले कर्जा प्रवाह गर्न नसकेर लगानीयोग्य रकम थुप्रिएर जाँदा सीडी रेसियो पनि निरन्तर घटिरहेको हो । बैंकहरूले कर्जा प्रवाह गर्न नपाएपछि बैंकिङ प्रणालीमा तरलता अधिक हुने गरेको छ । आइतबार मात्रै नेपाल राष्ट्र बैंकले ४० अर्ब निक्षेप संकलन गर्ने गरी सूचना सार्वजनिक गरेबाट पनि कर्जा प्रवाहले गति नलिइरहेको पुष्ट हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij