Logo

Jul 06 2025 | २०८२, असार २२गते

Jul 06 2025 | २०८२, असार २२गते

images

सत्तासीन कांग्रेसका सभापति देउवासमक्ष ऊर्जा उद्यमीहरूको दुखेसो

सत्तासीन कांग्रेसका सभापति देउवासमक्ष ऊर्जा उद्यमीहरूको दुखेसो

  • काठमाडौँ । सत्तासीन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समक्ष ऊर्जा उत्पादकहरूले दुखेसो पोखेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा विकासका आयोजना बनाउन नपाउने सर्वोच्च अदालतको फैसला तथा ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्काशनको अनुमति रोकिएको दुखेसो कांग्रेस सभापति देउवासँग भेटेर पोखेका हुन् । 

    पछिल्लो समय ऊर्जा उत्पादकहरूले यस विषयमा राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटेर समस्या जनाउँदै आएकोमा सोही क्रममा देउवालाई आइबार भेटेर समस्या समाधान गर्न आग्रह गरेका छन् ।इप्पानका पदाधिकारीहरूको एक टोलीले बुढानीलकण्ठस्थित निवास पुगेर देउवासँग भेटेको छ।

    इप्पानका अध्यक्ष गणेश कार्कीले जलविद्युत आयोजनामाथि सबैतिरबाट प्रहार हुन थालेको बताएका थिए । उनले सर्वोच्चको फैसला कार्यान्वयन भए जलविद्युत आयोजना निर्माण हुनै नसक्ने अवस्थाबारे देउवालाई जानकारी गराए ।उनले प्रतिनिधि सभाको लेखा समितिले क्षेत्राधिकार बाहिर गएर दिएको निर्देशनका कारण जलविद्युत कम्पनीहरुले आईपीओ निष्काशनको अनुमति पाउन नसकेको जनाए । उनले आईपीओ निष्काशनको अनुमतिका लागि पहलकदमी गर्न देउवाको ध्यानाकर्षण गराए।

    जवाफमा कांग्रेस सभापति देउवाले राज्यका निकायले ऊर्जा उद्यमीहरुलाई दुःख दिने काम बन्द हुनुपर्ने बताएका थिए । देउवाको भनाइ उल्लेख गरी इप्पानले भेटबारे  जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।इप्पानको टोलीले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि उनको निवासमा पुगेर भेटेको थियो। इप्पानले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, एमालेका मुख्य सचेतक महेश बर्तौला लगायतलाई भेटेर आफ्नो समस्या सुनाइसकेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij