Logo

Sep 08 2025 | २०८२, भदौ २३गते

Sep 08 2025 | २०८२, भदौ २३गते

images

भन्सार छली गरी ल्याइएको मोटरसाइकलसहित सवार पक्राउ

भन्सार छली गरी ल्याइएको मोटरसाइकलसहित सवार पक्राउ

  • काठमाडौँ ।  ट्राफिक प्रहरीले  काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ बाट भन्सार छली ल्याइएको मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ चिसापानी घर भई काठमाडौंको थली बस्ने २२ वर्षीय सुजल गुरुङलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको हो।

    गुरुङले चलाइरहेको अवस्थामा प्रदेश ३–०२–०२० प ९८७९ नम्बरको केटीएम ड्युक मोटरसाइकल फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। अनुसन्धानको सिलसिलामा उक्त मोटरसाइकल विगतमा भन्सार चोरी पैठारी गरी आएको पाइएको छ । थप अनुसन्धान एवम् आवश्यक कारबाहीका लागि मोटरसाइकलसहित गुरुङलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजय बहादुर राउतले जानकारी सार्वजनिक गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij