Logo

Sep 08 2025 | २०८२, भदौ २३गते

Sep 08 2025 | २०८२, भदौ २३गते

images

प्रादेशिक र भौगोलिक अवस्थाका आधारमा मजदुरको पारिश्रमिक तोक्न उद्योगी व्यवसायीको माग

प्रादेशिक र भौगोलिक अवस्थाका आधारमा मजदुरको पारिश्रमिक तोक्न उद्योगी व्यवसायीको माग

  • काठमाडौँ । उद्योगी व्यवसायीहरूले प्रादेशिक र भौगोलिक अवस्था हेरी श्रमिकको न्यूनतम तलवमान निर्धारण गर्नुपर्ने माग गरेका छन् ।
    कोशी प्रदेशका उद्योगी–व्यवसायीले यससम्बन्धी छलफलमा यस्तो माग गरेका हुन् । श्रम ऐनअनुसार बढीमा प्रत्येक दुई वर्षका श्रमिकको न्यूनतम वेतनको पुनरावलोकन गरेर नयाँ वेतन निर्धारण गर्नुपर्ने हुन्छ। आगामी साउन महिनादेखि देशका श्रमिकले नयाँ दरको न्यूनतम पारिश्रमिक पाउने भएकाले यस्तो छलफलको आयोजना गरिएको हो ।

    छलफलमा सहभागी  उद्योगी–व्यवसायीहरूले नेपालीको रहनसहन, जीवनशैली र व्ययको स्तर स्थानअनुसार फरक–फरक भएकाले न्यूनतम वेतन निर्धारण गर्दा भौगोलिक आधार बनाइनु पर्ने धारण प्रस्तुत गरे ।नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भएको न्यूनतम वेतनसम्बन्धी छलफल कार्यक्रमका यस्तो माग गरिएको हो ।

    उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले व्यक्त गरेको धारणा अनुसार विराटनगर वा झापाको मासिक खर्चले काठमाडौंभित्र टिक्न मुस्किल हुने छ।सबै प्रादेशिक सरकारले नै आ–आफ्नो प्रदेशको न्यूनतम वेतन तोक्न पाउने गरी फास्ट ट्रयाकबाट कानुनको निर्माण र संशोधन गनुपर्ने उनको धारणा थियो । न्यूनतम पारिश्रमिकको निर्धारण मुद्रास्फीतिका आधारमा गरिनुपर्ने उनको सुझाव थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij