
काठमाडौंँ । सरकारले फेरि आन्तरिक ऋण उठाउने प्रयोजनका लागि १० अर्बको विकास ऋणपत्र बिक्री गर्न लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रूपैयाँको विकास ऋणपत्र बिक्री सम्बन्धी सूचना मंगलबार निकालेको हो ।
फागुन ८ गते दिउँसो ३ बजेसम्म ऋणपत्र खरिद गर्न चाहनेले बोलकबोल गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन्। ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ।
फागुन ९ गते ऋणपत्र निष्काशन हुने कार्यालयले जनाएको छ । ‘विकास ऋणपत्र २०९०’ नाम दिएर सार्वजनिक गरिएको ऋणपत्र ९ वर्षमा परिपक्व हुनेछ।यो ऋणपत्र धितो राखेर ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने व्यवस्था गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij