Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

अर्थमन्त्रालयद्वारा बाढीपहिरोले क्षति पुगेका २६ आयोजना पुनर्निर्माण गर्न पौने १९ अर्ब बढीको स्रोत सुनिश्चित

अर्थमन्त्रालयद्वारा बाढीपहिरोले क्षति पुगेका २६ आयोजना पुनर्निर्माण गर्न पौने १९ अर्ब बढीको स्रोत सुनिश्चित

  • काठमाडौँ ।  गत असोज दोस्रो साता गएको बाढीपहिरोबाट क्षति पुगेका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माण गर्न अर्थमन्त्रालयले १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ।भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन ४ गते माग भइ आएकोमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार आयोजनाहरुको  पुनर्निर्माण गर्न स्रोत सहमति प्रदान गर्ने निर्णय गरेका हुन्।

    २६ वटा आयोजनामध्ये १३ वटा सडक र १३ वटै पुल पुनर्निर्माणसँग सम्बन्धित आयोजना रहेका  छन्। सडक पुनर्निर्माणमा बीपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्गसहित १३ वटा आयोजना रहेका छन्।

    साथै अर्थ मन्त्रालयले जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माण अघि बढाउन अस्थायी कार्यालय स्थापनाका साथै दरबन्दी सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहमति प्रदान गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij