Logo

Aug 06 2025 | २०८२, साउन २१गते

Aug 06 2025 | २०८२, साउन २१गते

images

विद्यार्थीहरू मार्फत् विदेशिने रकम पाँच गुनाले बढ्यो

विद्यार्थीहरू मार्फत् विदेशिने रकम पाँच गुनाले बढ्यो

  • काठमाडौँ । देशबाहिर पढ्न जाने विद्यार्थीहरू मार्फत् बाहिरिने रकम पाँच गुनाले बढेको छ ।नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार विदेश अध्ययनका लागि बाहिरिने रकम पाँच वर्षमा करिब पाँच गुणाले बढेको देखिएको हो ।

    आर्थिक वर्ष २०७७÷०८८ मा विदेश अध्ययनका लागि २५ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बाहिरिएको थियो । यो वर्ष ६ महिनामै त्यसको दोब्बरभन्दा धेरै विदेशिएको छ। यो आर्थिक वर्ष पुससम्म विद्यार्थीहरुले ५६ अर्ब ८२ करोड रुपैयाँ लगेका छन्। विद्यार्थीहरुले गत आर्थिक वार्षिक १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा लगेको तथ्यांक छ।

    नेपाली विद्यार्थी विदेशिएजस्तै विदेशीहरु पनि अध्ययनका लागि नेपाल आउने गरेका छन्। भारत लगायत केही मुलुकका विद्यार्थी खासगरी चिकित्सा शिक्षा अध्ययनका लागि नेपाल आउने गरेका हुन्।

    उनीहरुबाट यो वर्ष ६ महिनामा २ अर्ब ६८ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा भित्रिएको छ। पोहोर विदेशी विद्यार्थीबाट नेपालमा ६ अर्ब १ करोड रुपैयाँ बराबर भित्रिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij