Logo

Aug 06 2025 | २०८२, साउन २१गते

Aug 06 2025 | २०८२, साउन २१गते

images

हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित

हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित

  • काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा फागुन ११ गते अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेट बत्तिसपुतलीमा सम्पन्न भएको हो । 

    सभाले आव २०७९/८० को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले बोनस शेयरमा लाग्ने कर भने स्वयं शेयरधनीहरुले नै तिर्नुपर्ने विशेषा प्रस्ताव पनि सभाले पारित गरेको छ ।
    बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता तथा जारी पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ कायम हुन आउने भएकोले वृद्धि हुने पुँजीलाई समावेश गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ ।

    कम्पनीको प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधनका लागि निर्देशन भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij