
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन २० मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)
काठमाडौँ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले १८ वटा निर्णय गरेको छ। ती निर्णयहरू सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलबार सार्वजनिक गरेका हुन्।
बैठकमा विभिन्न नीतिगत, प्रशासनिक तथा विकाससम्बन्धी विषयमा निर्णय लिइएको जानकारी दिँदै मन्त्री गुरुङले उक्त निर्णयहरू छिट्टै कार्यान्वयनमा जाने बताए।
सागर डिष्टिलरीको आईपीओ साउन २८ गतेदेखि खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत बराबर, अर्थात् १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता साधारण सेयर ९क्ष्एइ० निष्कासन गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डबाट यसका लागि अनुमति प्राप्त भइसकेको छ।
कुल निष्काशित कित्ता मध्ये १० प्रतिशत अर्थात् १ लाख ४५ हजार २०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। उनीहरूले साउन २८ गतेदेखि भदौ १ गतेसम्म पहिलो चरणमा आवेदन दिन सक्नेछन्। कम्पनीले आईपीओ प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गर्नेछ।
धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाइएको नयाँ आइजिन नम्बरसम्बन्धी निर्देशिकामा यस्तो के छ? हेर्नुहोस पूर्णपाठ
काठमाडौँ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले पुँजी बजारमा दुई वटा इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आइजिन ) नम्बर दिन भनेर ल्याएको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका २०८२’ धितोपत्र बोर्डमा पठाएको छ ।
नयाँ आइजिन नम्बरले उद्योगी व्यापारीबीच विवाद सिर्जना गरेको हो । सीडीएससीले स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको हो ।यसको पूर्ण यस प्रकार रहेको छ ।
चितवनको सिमलताल र धादिङको चरौँदीमा विपद्को सूचना दिने उपकरण जडान
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद्का घटना तथा हुनसक्ने जोखिमबारे तत्कालै जानकारी दिने उद्देश्यले चितवनको सिमलताल र धादिङको चरौंँदीमा विद्युतीय उपकरण ९इलेक्ट्रिक डिभाइस० जडान गरेको छ ।
बढी दुर्घटना हुनसक्ने स्थान छनोट गरी सशस्त्र प्रहरी बल र लुना जिपिएस कम्पनीको सहकार्यमा हाललाई दुई ठाउँमा सो उपकरण जडान गरिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सो क्षेत्रमा दुर्घटना भइहालेमा उक्त उपकरणबाट तत्कालै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुनेछ ।
उत्तराखण्डमा भीषण वर्षा र बाढी: ४ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता
नयाँ दिल्ली ।भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा मंगलबार राति परेको अत्यधिक वर्षा पश्चात् आएको बाढी र पहिरोका कारण कम्तीमा ४ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता भएका छन्।
स्थानीय प्रशासनका अनुसार अकस्मात् आएको भारी वर्षाले साना खोला तथा नालाहरूमा बाढी आएको थियो, जसले पहाडी क्षेत्रमा ठूला पहिरो निम्त्यायो।
बुधबारसम्म ६ नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन विभागको आग्रह
काठमाडौँ ।देशका प्रमुख ६ नदीहरूमा बुधबारसम्म बाढीको जोखिम रहन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले पूर्व राप्ती, बाग्मती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेती नदीको जलसतह उल्लेखनीय रूपमा बढ्ने सम्भावना रहेको जनाएको छ। ती नदीहरूमा पानीको सतह बढ्दै गएकाले बाढीको सम्भावित जोखिमका लागि स्थानीय बासिन्दालाई सजग रहन विभागले अनुरोध गरेको हो।
असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुने
काठमाडौँ । आगामी असोज १ गतेदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्ने भएको छ।
यो निर्णय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले गरेको हो। बैठकमा सातै प्रदेशका यातायात मन्त्री तथा सचिवहरू सहभागी थिए। मंगलबार सम्पन्न उक्त बैठकले इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य बनाउने निर्णय गर्दै त्यसको कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ।
एलएलडिसी मुलुकको तेस्रो सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन : भारत र चीनको सहकार्यमा नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा रूपान्तरण गर्ने सङ्कल्प
आवाजा (तुर्कमेनिस्तान)। प्रधानमन्त्री केपी शर्मा ओलीले साझा जिम्मेवारीसहित समावेशी विश्वव्यापी साझेदारीमार्फत समृद्धिको यात्रामा अघि बढ्न भूपरिवेष्टित मुलुकहरूलाई आग्रह गर्नुभएको छ । उहाँले पूर्वाधार विकास र प्रविधिको सदुपयोगसहित नेपाललाई भूपरिवेष्टितबाट भूजडितमा रूपान्तरण गर्ने सङ्कल्प पनि प्रस्तुत गर्नुभयो । तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको प्लेनरीसत्रमा अल्पविकसित (एलडिसी) मुलुकहरूको समूहका साथै नेपालका तर्फबाट आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गाढारूपमा क्षेत्रीय र अन्तरराष्ट्रियस्तरको सहकार्य बढाएमा समृद्धिको गन्तव्य पुग्न यी मुलुकका भूगोल लामो समयसम्म अवरोधक हुन नसक्ने स्पष्ट गर्नुभयो ।
कूलिङ पिरियडमा सभापति रामहरि खतिवडाले उत्तरदायी भूमिका वहन नगरेको ठहर ,प्रतिवेदनको पूर्णपाठसहित
काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उत्तरदायी भूमिका बहन नगरेको ठहर गरेको छ ।
समितिले मंगलबार बुझाएको प्रतिवेदनमा यस्तो औँल्याएको हो । ‘विधेयकको प्रतिवेदन सभापतिको हस्ताक्षरबाट सभामा पेस भएको देखिँदा कानुनतः हस्ताक्षरकर्ताको हैसियतले मस्यौदामा देखिएको गम्भीर त्रुटिका सम्बन्धमा समितिको मुख्य जिम्मेवारीमा रहेको सभापतिले उत्तरदायीपूर्ण भूमिका वहन गरेको देखिएन,’ छानबिन विशेष समितिको प्रतिवेदनमा जनाइएको छ ।
नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न संगठित र संघन प्रयास जारी : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले संगठित र सघन प्रयास जारी राखेको बताउनु भएको छ । प्रतिनिधिसभा बैठकमा सांसदले राख्नु भएको प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनु भएको हो ।
बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन्। बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
सोमबार नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका बानियाँलाई प्रदेश प्रमुख देवकोटाले मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
शेयर बजार : नेप्से परिसूचकमा ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा ,९ अर्ब ३३ करोड रुपैयाँ भन्दा बढीको कारोबार
काठमाडौँ।नेपाल स्टक एक्सचेञ्ज (NEPSE) परिसूचक आज साउन २० गते ४१.७८ अंकले घटेर २,८३३.५७ मा झरेको छ, जसले १.४५ प्रतिशतको गिरावट दर्शाउँछ। बजार खुल्दाको केही समयपछि थोरै वृद्धि देखिए पनि कारोबार अवधिभर सूचक निरन्तर ओरालो लाग्दै अन्तिम समयसम्म गिरावटमै बन्द भएको हो। आजको दिन कुल रु. ९ अर्ब ३३ करोड ३३ लाख बराबरको सेयर कारोबार भएको छ भने करिब २ करोड २२ लाख कित्ता सेयर किनबेच भएका छन्।
इजरायलले गाजामा निजी सामानको व्यापार आंशिक रूपमा पुनः खोल्ने
जेरुसेलम । इजराइलले मानवीय सहायतामा गाजाको निर्भरता कम गर्न निजी क्षेत्रसँगको व्यापार आंशिक रूपमा पुनः खोल्ने भएको प्यालेस्टिनी क्षेत्रहरूका लागि रक्षा मन्त्रालयको नागरिक मामिला एजेन्सी ९कोगाट० ले मङ्गलबार बताएको छ ।
“संयन्त्र निर्माणको भागका रूपमा, रक्षा प्रतिष्ठानले धेरै मापदण्ड र कडा सुरक्षा जाँचको अधीनमा सीमित सङ्ख्यामा स्थानीय व्यापारीहरूलाई अनुमोदन गरेको छ”, कोगाटले भनेको छ ।
विश्व बैंक र जापान सरकारद्वारा ऋणको ब्याजदर दोब्बर, नेपाल विदेशी ऋणको दबाबमा
काठमाडौं । नेपालका प्रमुख विकास साझेदारहरू जापान सरकार र विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सहायताले प्रदान गर्दै आएको ऋणको ब्याजदर एक्कासि झण्डै दोब्बरले बढाएका छन्। यसले नेपालको ऋण व्यवस्थापन र आर्थिक नीति निर्माणमा गहिरो प्रभाव पार्ने संकेत देखिएको छ।
विश्व बैंकले हालसम्म ०.७५% ब्याजदरमा नेपाललाई ऋण दिँदै आएकोमा अब नयाँ परियोजनाहरूका लागि ब्याजदर १.५% पुर्याइएको घोषणा गरेको छ। यस्तै, जापान सरकारले अघिल्लो ०.२% वा सोभन्दा कम ब्याजदरलाई बढाउँदै १.३%देखि १.९% सम्म पुर्याउने निर्णय गरेको छ।
सागर डिष्टिलरीको आईपीओ साउन २८ गतेदेखि खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत बराबर, अर्थात् १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता साधारण सेयर ९क्ष्एइ० निष्कासन गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डबाट यसका लागि अनुमति प्राप्त भइसकेको छ।
कुल निष्काशित कित्ता मध्ये १० प्रतिशत अर्थात् १ लाख ४५ हजार २०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। उनीहरूले साउन २८ गतेदेखि भदौ १ गतेसम्म पहिलो चरणमा आवेदन दिन सक्नेछन्। कम्पनीले आईपीओ प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गर्नेछ।
नाडा अटो शो २०२५बारे जानकारी सार्वजनिक, सहभागी विजेतालाई एकवर्षसम्म लुब्रिकेन्ट निशुल्क घोषणा
काठमाडौँ । नाडा अटो शो २०२५बारे जानकारी सार्वजनिक गर्दै शोमा सहभागी विजेतालाई एकवर्षसम्म लुब्रिकेन्ट निशुल्क दिइने घोषणा गरिएको छ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएका हुन् ।
नाडाद्वारा जानकारी विज्ञप्ति अनुसार सुविधा र सुरक्षा सुनिश्चित गर्ने व्यवस्था सुविधाजनक जोन विभाजन गरिएको छ । चारपांग्रे, दुईपांग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स, वित्तीय सेवा आदि रहेको जनाइएको छ ।टिकट प्रि-बुकिङः खल्ती एपमार्फत अग्रिम खरिद गर्न सकिने , मिडिया डेस्कः सञ्चारकर्मीहरूको समन्वयका लागि, ट्राफिक सूचना डेस्कः महानगरीय ट्राफिक प्रहरी साझेदारीमा, आपतकालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी, आगो नियन्त्रण व्यवस्था गरिएको जनाइएको छ ।
‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार
काठमाडौँ। सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ । रातभर सिंहदरबारमा बसेर समितिले तयार गरेको प्रतिवेदन आजको बैठकमा पेस गर्ने निर्णय भएको समिति सदस्य माधव सापकोटाले जानकारी दिनुभयो । समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो । त्रुटि कसरी हुन्छन् भविष्यमा यस्ता त्रुटि हुन नदिन विशेषज्ञसँग परामर्श गरेर विशेष समितिले प्रतिवेदन तयार गरेको जनाइएको छ ।
गणपति लघुवित्तको नाफामा १७९% वृद्धि, वितरणयोग्य मुनाफा २ करोड ६४ लाख रुपैयाँ
काठमाडौं ।गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड (GMFBS) ले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा १७९.५१ प्रतिशतले वृद्धि भई ४ करोड २५ लाख रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाको नाफा १ करोड ५२ लाख रुपैयाँ मात्र थियो। लघुवित्तको सञ्चालन मुनाफामा देखिएको उल्लेखनीय वृद्धिले नाफा बढ्नमा मुख्य भूमिका खेलेको हो।
उपकार लघुवित्त नोक्सानीबाट नाफामा, ३ करोड ४२ लाख रुपैयाँ कमाई
काठमाडौं।उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड (ULBSL) ले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार अघिल्लो वर्ष नोक्सानीमा रहेको संस्था चालु वर्षको सोही अवधिमा ३ करोड ४२ लाख रुपैयाँ खुद नाफामा पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त ३ करोड ५१ लाख रुपैयाँको नोक्सानीमा थियो। सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम घटेकै कारण यो आर्थिक वर्षमा लघुवित्त नाफामा फर्किएको हो।
मंगलबार सुनको मूल्य वृद्धि भइ तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ कायम
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भइ तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको जनाएको छ । सोमबार भने छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो ।
माछापुच्छ्रे बैंक लिमिटेडको खुद नाफा २ अर्ब नाघ्यो, नाफामा ९२.४५% को उल्लेखनीय वृद्धि
काठमाडौं।माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, बैंकले सो अवधिमा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९२.४५ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो।
आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ सात पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ तीन पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १५ पैसा कायम गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij