
काठमाडौँ । राजस्व परामर्श समितिले सरोकारवालासँग राय सुझाव मागेको छ । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि गठन भई काम थालेको राजस्व परामर्श समितिले सरोकारवालाबाट राय–सुझाव मागेको हो । समितिले ३१ चैतसम्म सुझाव पठाउन भनेको हो ।
समिति अन्तर्गत विभिन्न उपसमिति बनाइएका छन् । त्यस्तो सुझाव यी उपसमितिमा समेत पठाउन सकिने समितिले सूचना जारी गरी जनाएको छ ।
आगामी आवको राजस्व नीति बनाउने उद्देश्यले गठित समितिको उपसमितिमा आन्तरिक राजस्व, भन्सार, उद्योग वाणिज्य, लगानी तथा निर्यात प्रवद्र्धन, राजस्व चुहावट नियन्त्रण तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान छन् ।
यसैगरी कृषि, ऊर्जा तथा पर्यटन क्षेत्र उपसमिति, बैंक, वित्तीय संस्था, बीमा, सहकारी तथा पूँजीबजार र गैरकर तथा अन्तरसरकारी राजस्व व्यवस्थापन उपसमिति समेत गठन गरिएका छन् । अर्थ मन्त्रालयका राजस्व सचिवको नेतृत्वमा राजस्व परामर्श समिति गठन गर्ने गरिन्छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij