Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

अवैध तरिकाले ल्याउँदै गरेको गहुँको गाडी नियन्त्रण गर्न खोज्दा राजस्व अनुसन्धानका कर्मचारीहरूमाथि आक्रमण प्रयास, हुलदंगा गरी भैरहवाबाट गाडी भगाइयो

अवैध तरिकाले ल्याउँदै गरेको गहुँको गाडी नियन्त्रण गर्न खोज्दा राजस्व अनुसन्धानका कर्मचारीहरूमाथि आक्रमण प्रयास, हुलदंगा गरी भैरहवाबाट गाडी भगाइयो

  • भैरहवा ।अवैध तरिकाले गहुँ  ल्याउँदै गरेको  गाडीलाई नियन्त्रण गर्न खोज्दा राजस्व अनुसन्धान कार्यालय बुटवलका कर्मचारीहरूको टोलीमाथि  आक्रमण प्रयास भएको  छ ।

    स्थानीय मर्चवारबाट आएको गहुँ लोड गरिएको  गाडी(ट्र्याक्टर)लाई भैरहवाको बेथरी चोकमा नियन्त्रण गर्न खोज्दा राजस्व अनुसन्धानका कर्मचारीहरूमाथि आक्रमणको प्रयास भएको हो ।

    स्थानीय र गाडीका कर्मचारीहरू मिलेर राजस्वका कर्मचारीहरूमाथि हुलहुज्जत गरी अवैध तरिकाले ल्याइएको १ सय ८६बोरा गहुँ लोडेड गाडी भगाइएको छ ।

    समाचार स्रोतका अनुसार सोमनाथ गल्ला भण्डारले  उक्त गहुँ धरान फुड्सलाई बेचेको बताइन्छ । किनेको र बेचेको देखाइएपनि उक्त गहुँ अवैध भएकै कारण राजस्वका कर्मचारीहरू माथि हुलहुज्जत गरेको हुन सक्ने स्थानीय प्रशासनले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij