Logo

May 23 2025 | २०८२, जेठ ९गते

May 23 2025 | २०८२, जेठ ९गते

images

हुलास स्टील ईण्डष्ट्रिजको १७ लाख १२ हजारभन्दा बढी कित्ता हकप्रद शेयर निष्कासनमा

हुलास स्टील ईण्डष्ट्रिजको १७ लाख १२ हजारभन्दा बढी कित्ता हकप्रद शेयर निष्कासनमा

  • काठमाडौं । हुलास स्टिल इन्डष्ट्रिज लिमिटेडले आज फागुन १८ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको छ । 

    कम्पनीले १००ः२२.१८००१२९ को अनुपातमा प्रतिशेयर १०० अंकित दरका १७ लाख १२ हजार ०६ कित्ता हकप्रद निष्कासन तथा बिक्री खुला गरेको हो । यो हकप्रदमा पुस २८ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् ।

    आवेदन चैत ३ गतेसम्म दिन सकिनेछ । हकप्रद सेयर खरिदका लागि दरखास्त फाराम कम्पनीको रजिष्टर्ड कार्यालय गोल्छा हाउस, गणबहाल, काठमाडौंबाट प्राप्त गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij