Logo

May 23 2025 | २०८२, जेठ ९गते

May 23 2025 | २०८२, जेठ ९गते

images

प्रधानमन्त्री ओलीद्वारा कागज उद्योगको उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा कागज उद्योगको उद्घाटन

  • महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पल्प  एण्ड पेपर इण्डष्ट्रिज’को आज उद्घाटन गर्नुभएको छ ।

    महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गर्नुभएको हो । 

    आइएमई ग्रुपले स्थापना गरेको यस उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ । जसका कारण कागज आयातमा कमी आउनेछ भने उद्योगले करिब तीन सयलाई रोजगारी दिने जनाएको छ । 

    नेपालमा वार्षिक करिब एक लाख ५० हजार मेट्रिकटन कागज खपत हुने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij