Logo

May 23 2025 | २०८२, जेठ ९गते

May 23 2025 | २०८२, जेठ ९गते

images

राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

  •  

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरुले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

     

    ओहोदाको प्रमाणपत्र पेस गर्नेहरुमा गणतन्त्र निगीका अलसान्स कोन्ट, गणतन्त्र युगाण्डाका ज्योसी काकुरामट्सी किकाफोण्डा, बोस्निया तथा हर्जगोभिनाका ह्यारिस हार्ले, गणतन्त्र ग्वाटेमालाका ओमर लिसान्ड्रो, इटालीका एन्टोनियो इनरिको बार्टोली, ग्रिसका अलिकी कोउटोसोमिटोपोलाउ रहनुभएको छ ।

         

    समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी सहभागी हुनुहुन्थ्यो । नवनियुक्त राजदूतलाई काठमाडौँस्थित होटल दुसित प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij