Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

इस्कोनद्वारा पाँच नकली  इस्कोन पहिचानधारीबाट सतर्क रहन आग्रह

इस्कोनद्वारा पाँच नकली  इस्कोन पहिचानधारीबाट सतर्क रहन आग्रह

  • काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)ले  नाम, ख्याति तथा बौद्धिक सम्पत्ति(ट्रेडमार्क) दुरुपयोग गर्नेहरूबाट सावधान रहन आग्रह गरेको छ ।इस्कोनको ट्रेडमार्कको दुरुपयोग  गरी  मोरङ ,सुनसरी, झापा, सिराहा , नवलपरासी (पश्चिम)लगायतका जिल्लाहरूमा विभिन्न संघ संस्थाहरू सञ्चालन गरिरहेकोमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, मोरड, उद्योग विभाग, त्रिपुरेश्वर र बिराटनगर उच्च अदालतको आदेशानुसार त्यस्तो किसिमको गैरकानूनी कार्य गर्न÷गराउन निषेधित गरिदिएको  इस्कोनले जनाएको छ ।

     साथै, सोही  सम्बन्धमा यस संस्थाका पूर्व पदाधिकारीहरू तया सदस्यहरू बसन्त पराश्च गुरुङ (भक्तिसिद्धान्त दास) र विनिश यादव (विपिन बिहारी दास) ले यस संस्थाको नाम, ख्याति तथा बौद्धिक सम्पत्ति (ट्रेडमार्क) दुरुपयोग गरी जनमानसमा भ्रमपूर्ण परिस्थिति सिर्जना गरेको तथा शैलेन्द्र यादव (सिद्धस्वरूप दास), मनिष राई (मनः शिक्षा दास) र खगेन्द्र बहादुर बस्नेत (खगराज अच्युत दास) ले यस संस्था विरुद्ध आपराधिक विश्वासघात एवं ठगी गरेकोले निजहरू विरुद्ध विभिन्न न्यायिक निकाय तथा अड्डा अदालतहरुमा मुद्दा विचाराधीन अवस्थामा रहेको हुँदा निजहरुलाई यस संस्थाबाट निष्काशित गरिएको इस्कोनले एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।

    उक्त पाँच जनाले इस्कोनको कुनै पनि प्रतिनिधित्व नगर्ने हुनाले इस्कोनसँग सम्बन्धित कुनै पनि दान–दातव्य  तथा अन्य कुनै सहयोगका लागि बुढानीलकण्ठ न.पा.–५ स्थित इस्कोनको केन्द्रिय कार्यालयमाअथवा नेपालभरिका आधिकारिक इस्कोन मन्दिर÷शाखा÷इकाईमा सम्पर्क गर्नुहुन सबैलाई सूचित  गर्न आग्रह गरिएको छ ।

    iskon.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij