Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

हालै नियुक्त बीमा प्राधिकरणका अध्यक्ष विरुद्ध अख्तियारमा उजुरी, छनौटकर्ताहरू समेतलाई कारबाही माग

हालै नियुक्त बीमा प्राधिकरणका अध्यक्ष विरुद्ध अख्तियारमा उजुरी, छनौटकर्ताहरू समेतलाई कारबाही माग

  • काठमाडौँ । नेपाल बीमा प्राधिकरणका हालै नियुक्त अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। ओझाले अनुभवको सम्बन्धमा झुटा विवरण र कागजात बुझाएर सरकारलाई ढाँटेको भन्दै  उनी विरुद्ध आइतबार अख्तियारमा उजुरी परेको हो।

    उक्त उजुरीमा ओझाले बुझाएका कागजात छानबिन गरी कारबाही गर्न माग गरिएको छ। ओझाले सरकारलाई गुमराहमा राखेको आरोप लगाइएको छ। पत्रकार ओझाले नियुक्ति लिनुअघि प्रबन्धकको रुपमा काम गरेको अनुभवसहितको कागजात पेस गरेका थिए।

    उजुरीमा सिफारिस समितिका पदाधिकारीलाई  समेत कारबाही गर्न  माग गरिएको छ।अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धी मापदण्ड २०७३ को पहिलो संशोधनलाई योजनाबद्ध रुपमा मन्त्रालयको वेबसाइटबाट हटाइ त्यसमा रहेको ३५ वर्ष नाघेको हुनुपर्ने व्यवस्थालाई ३० वर्ष नाघेको हुनुपर्ने व्यवस्था राखेर किन दरखास्त मागिएको भनी प्रश्न उठाइएको छ ।

    उजुरीकर्ता दिपेन्द्र बोहराले समितिमा संयोजकको रुपमा काम गरेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थसचिव, विज्ञ सदस्य ज्योतिन्द्र ओझा र मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखाका अधिकारीहरुलाई कारबाही गर्न माग गरेका छन्। उनीहरुमाथि जालसाजीमा कारबाहीको माग गरिएको हो ।मन्त्रिपरिषद्को फागुन १२ गतेको बैठकले ओझालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij